कञ्चनपुर। कञ्चनपुरमा निर्माणधिन दोधरा–चाँदनी जोड्ने ४ लेनको पुल २० दिनका लागि बन्द गरिने भएको छ । निर्माणाधिन अवस्थामा रहेको पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न २० दिनका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो ।
दोधरा चाँदनी नगरपालिकाका नि. प्रमुख प्रसाशकीय अधिकृत भानदेव भट्टद्धारा जारी सूचनामा उक्त समयमा सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको छ ।निर्माणाधिन अवस्थामा रहेपछि उक्त पुल हाल दोधारा चाँदनी बासिले प्रयोग गर्दै आएका थिए। उक्त पुल कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको छ।
हाल दोधरा चाँदनीलाई जोड्न २०६१ सालमा बनेको झुलुङ्गे पुल मात्रै वैकल्पिक बाटोको रुपमा रहेको छ । त्यसअघि सडक मार्ग भएर दोधरा चादनी जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । ४ लेन पुल निर्माण भएपछि भने हाल दोधरा चाँदनी बासिलाई आवतजावत गर्न सहज भएको छ । दोधरा चाँदनी ४ लेन पुलको निर्माण काम २०७४ सालदेखि सुरु गरिएको थियो।


