कञ्चनपुर। नेपाल भारत सीमाबजार बनबासाबाट लागूऔषध कारोबारी पक्राउ परेका छन्। नेपाल भारत सीमावर्ती क्षेत्रका लागूऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंहलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।
पक्राउ परेका महाकाली पारि सिंह मझोलाको बिडोराका स्थानीय रहेको प्रहरीले जनाएको छ। भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख देबेन्द्र पिँचाले उनको साथबाट ५० लाख भारु रुपैया बराबरको २६० ग्राम लागूऔषध (स्म्याक)पनि बरामद गरिएको बताए।चम्पावत जिल्लामा स्म्याक अफिमबाट तयार गरिने बहुमूल्य लागूऔषध एकै व्यक्तिबाट यति ठूलो परिमाणमा लागूऔषध बरामद भएको यो पहिलो घटना प्रहरीले जनाएको छ।
भारतीय प्रहरीका अनुसार नानकमता र बनबासा थानामा गरेर सिंह विरुद्ध लागूऔषध सम्बन्धि १५ मुद्दा रहेका छन्। सिंहको लागूऔषध गिरोहमा संलग्न अन्य लागु औषध प्रयोग कर्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। चम्पावत प्रहरी प्रमुख पिंचाले भारतको चम्पावतका तराइ क्षेत्रका साथै महाकाली वारि नेपालतर्फ पनि लागूऔषधको कारोबार हुने गरेको समेत बताएका छन्।


