धनगढी। कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कैलालीको जानकी गाउँपालिका–४ मुनुवाका ७१ वर्षीय ठग्न कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। से.६ प ६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कठरियाको आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कठरियाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


