कञ्चनपुर। कञ्चनपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ त्रिवेणी चोकका ३५ वर्षीय कमल दौल्याल लागुऔषधसहित पक्राउ परेका छन्।
एक किलो ६२ ग्राम लागुऔषधसहित उनी पक्राउ परेका हुन्। त्यस्तै भीमदत्त नगरपालिका-६ ऐठपुरका ३० वर्षीय प्रेमराज जोशी र बेदकोट नगरपालिका-९ का ३२ वर्षीय पुकार पाण्डेय २ दशमलव ३० ग्राम चरेश, कोरेक्स सिसि एक थान र स्पास १० थानसहित पक्राउ परेका छन्। प्रहरीले भीमदत्त नगरपालिका-५ बनगाँउका २२ वर्षीय विवेक ठगुन्नालाई शून्य दशमलव १३ ग्राम लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकका ३१ वर्षीय सुरज चौधरी लागुऔषधसहित पक्राउ परेका छन्। उनी १५ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।उनीलाई पनी प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरि कार्वाही प्रक्रिया अघि बढाएको छ।


