कञ्चनपुर। कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ फटैयाबाट लागूऔषध खैरोहेरोइनसहित एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकडका ३१ वर्षीय बासुदेव राना पक्राउ परेको प्रहरीले बताएको छ। रानालाई बिहीबार राति ११ ग्राम ७ सय ६० मिलिग्राम लागुऔषधखैरोहेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका रानामाथी थप अनुसन्धान भैरहेको जनाइएको छ।


