काठमाडौं। सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार पृथ्वी जयन्ती परेका कारण सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘पुस २७ गते बुधबारका दिन पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाल राजदुतावास तथा कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको हो ।मंगलबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी सार्वजनिक बिदाको विषयमा जानकारी दिए।


