काठमाडौं। चीनले नयाँ विदेशमन्त्रीमा चिन क्याङलाई नियुक्त गरेको छ। चीनको राष्ट्रिय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रि समचार संस्था रोयटर्सले चीनको नयाँ विदेशमन्त्रीमा क्याङ नियुक्त भएको जनाएको हो। विदेशमन्त्री नियुक्त भएका चीन अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा कार्यरत थिए। यसअघि विदेशमन्त्री वाङ यी थिए।चीनले नयाँ विदेशमन्त्रीमा चिन क्याङलाई नियुक्त गरेको छ।
चीनको सरकारी सञ्चार संस्था चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार नयाँ विदेशमन्त्रीमा क्याङ नियुक्त भएको जनाएको हो। विदेशमन्त्री नियुक्त भएका क्याङ अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा कार्यरत थिए। यसअघि विदेशमन्त्री वाङ यी थिए।नयाँ विदेशमन्त्री क्याङ चीनको तियान्जानमा जन्मिएका हुन्। उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्मको अध्ययन गरेका उनले सन् १९८८ बाट कूटनीतिक मिसनका लागि बेइजिङ सर्भिस ब्यूरो स्टाफ मेम्बरका रूपमा काम सुरू गरेका थिए।
त्यसपछि १९९२ मा चीनको विदेशमन्त्रालयमा सरुवा भएका उनी त्यहाँको वेर्स्टन–यूरोपियन विभागमा रहेका काम गरेका थिए। त्यसपछ सन् २०१० देखि १ वर्ष बेलायतमा रहेको चिनियाँ दूतावासमा रहेर मिनिस्टरका रूपमा समेत सेवा गरेका थिए ।यसका साथै सोही समयमा उनले विदेश मन्त्रालयको प्रवक्ता तथा सूचना विभागमा सहायक महानिर्देक भएका थिए। उनले २०१४ सम्म यस विभागमा रहेर काम गरेका थिए। सन् २०१७ मा विदेशमन्त्रालयमा सहायक मन्त्री बनेका थिए। त्यसको एक वर्षमा उनी उप विदेशमन्त्रीको जिम्मेवारीमा पुगेका थिए। सन् २०२१ म अमेरिकाका लागि चिनियाँ राजदूत बनेका क्याङ गत अक्टोबरमा सम्पन्न पार्टीको २०औं महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय समिति सदस्यमा निर्वाचित भएका थिए।अनलाईन खवर


