। कैलालीका एक शिक्षकविरुद्ध मुद्दा दायर भएको छ । कैलालीको राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । उनी कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ स्थित उक्त विद्यालयका संयोजक समेत रहेका रहेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गरिपाँउ भन्ने उजुरी निवेदन परेको थियो ।
सो उजुरी सम्बन्धमा अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा(१)बमोजिमको कसुर भएकोले उनीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।


