धनगढी। सुदुरपश्चिममा मुख्यमन्त्रीको चर्चा सुरु हुन थालेको छ। प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचन सकिएलगत्तै मतपरिणाम आइसकेपछि सुदुरपश्चिम सरकार कको नेतृत्वमा बन्छ र मुख्यमन्त्रीको बन्छ भन्ने चर्चा सुरु भएको हो । सुदूरपश्चिम प्रदेशका बाजुराबाहेक सबै जिल्लाको चुनावीको मतगणना सकिएर परिणाम समेत आइसकिएको छ। बाजुराको मतगणना बाँकी छ।
यद्यपी अन्य जिल्लाको चुनावी परिणाम आएपछि प्रदेश सरकार कस्को बन्छ र कसको नेतृत्वमा बन्छ भन्ने जोडघटाउ सुरु भएको हो । केन्द्रमा अहिलेको सत्ता गठबन्धन अनुसार भएमा सुदूरपश्चिम प्रदेश सरकार बनाउन गठबन्धनलाई सहज हुनेछ। ३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा बाजुराको दुई निर्वाचन क्षेत्र बाहेक अन्य जिल्लाको ३० क्षेत्रको नतिजा आइसकेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार सुदूरपश्चिममा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले बढी सिट जितेको छ।
जस अनुसार कांग्रेसले प्रत्यक्षतर्फ ११ सिट, माओवादी केन्द्रले ८ सिट, एमाले ३ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, नेकपा एकीकृत समाजवादी २ सिट र स्वतन्त्र एक सिटमा जित हाँसील गरेको छ । नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, मेघराज खड्का, मानबहादुर रावल, कमल शाह, प्रकाश बम, प्रकाश देउवा, बेलबहादुर राना मगर, बहादुरसिंह थापा, देवानसिंह विष्ट, विक्रम धामी, शिवराज भट्टले जितेका छन् ।माओवादी केन्द्रबाट खगराज भट्ट, रमेश धामी, ओमविक्रम भाट, भीमबहादुर भण्डारी, शिवसिंह ओली, झपटबहादुर साउद,अक्कल रावल, मानबहादुर धामीले जितेका छन्।
नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र दीर्घ सोडारीले प्रदेशसभामा जितेका छन् । अहिलेसम्म गठबन्धनबाट प्रदेशसभामा २१ जना सांसद प्रत्यक्षबाट जितेर आएका छन् । यो प्रदेशमा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक सांसद हुन्छन् । जसमा प्रदेस सरकार बनाउन २७ जना सांसद् चाहिन्छन् । अहिलेको सत्ता गठबन्धनबाट २१ जना प्रत्यक्षबाट जितेर आइसकेको अवस्थामा समानुपातिकबाट चुनिँदा सहज रूपमा सरकार बन्ने देखिन्छ ।डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका डा। तारा जोशी नेकपा एसका नेता हुन् । उनी पनि गठबन्धनमा आउन सक्ने अनुमान गरिएको छ । नेकपा एमालेले प्रत्यक्षमा अहिलेसम्म ३ सिट जितेको छ । जसमा वीरबहादुर थापा, चक्रबहादुर मल्ल र सुरेन्द्रबहादुर पाल रहेका छन् । यस्तै, नागरिक जनमुक्ति पार्टीबाट घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशिराम डगौरा थारू, कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले जितेका छन् ।
यी हुन् गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार….
माओवादीका खगराज भट्टः अहिलेको गठबन्धन निरन्तर जाने अवस्था आएमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादीका खगराज भट्ट आउने सम्भावना देखीएको छ । माओवादीबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा भट्ट एक्ला व्यक्ति छन् । माओवादीमा अहिले उनी सबैभन्दा सिनियर र अवसर नपाएका पात्र हुन् । यस अघि डडेल्धुरामा चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए । कैलाली कञ्चनपुरबाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका भट्ट देउवाको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए ।
उनी लगातार तीनपटक २०६४, २९७० र २०७४ सालमा संघीय निर्वाचन देउवासँगै हारेका थिए। उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज रहेका उनी लेखराज भट्टले माओवादी छोडेर एमालेमा गएपछि माओवादीका सिनियर नेताका रुपमा चिनीन्छन् ।कांग्रेसका प्रत्यक्षबाट निर्वाचित ११ जनामध्ये बहादुरसिंह थापा, प्रकाश देउवा र मेघराज खड्कालाई मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ ।
कांग्रेसका प्रकाश देउवा: प्रकाश देउवा अन्य दुई जनाभन्दा जुनियर हुन् तर उनी शेरबहादुरका भतिजा भएकाले सम्भावना बढी हुन सक्ने कांग्रेस नेताहरू नै बताउँछन् । देउवा कैलाली क्षेत्र नम्बर ५ को प्रदेश खबाट एमालेका उम्मेदवार दुर्गा जोशीलाई तीन हजार १६० मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । देउवा युवा माझ लोकप्रिय र रुचाएका भएकाले सबै पार्टी र समुदायको मत पाएर प्रदेश सभामा सुदूरपश्चिममै सबैभन्दा फराकिलो मतान्तरले विजयी भएका हुन्।युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने मुख्यमन्त्रीका रूपमा देउवालाई हेरिएको छ । उद्योगी व्यापारीहरू र यस क्षेत्रका स्थानीय तहका पदाधिकारी तथा पार्टीका युवा नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सुदूरपश्चिमको प्रदेश सरकारको मुख्यमन्त्री बनाउन आग्रह गरिसकेका छन्। तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् । प्रदेश सरकारलाई सङ्घीय सरकारसँग जोड्न सक्ने कडिका रूपमा देउवालाई हेरिएको छ ।
यस्तै गठबन्धन सरकार बन्ने भएकाले यस भित्र पनी मुख्य मन्त्रीको सम्भावना अरु प्रदेशसभा सदस्यको पनी छ। मेघराजखड्का कांग्रेस प्रदेश महामन्त्री हुन् । थापा संविधानसभा सदस्य हुन् भने देउवा महाधिवेशन प्रतिनिधि हुन् । प्रदेशसभामा कञ्चनपुरबाट विजयी कांग्रेसका बहादुरसिंह थापाले सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने बताए। गठबन्धको सरकार बन्ने बताउँदै कसको नेतृत्वमा बन्छ अहिले नै भन्न नसकिने भएकाले शीर्ष नेताको निर्णय चाहिने बताए।माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीले पनि सुदूरपश्चिममा यही गठबन्धनको सरकार बन्ने र वर्तमान गठबन्धनको सरकार बन्ने बताए । मुख्यमन्त्रीको विषयमा सहमतिका आधारमा हुने भएकाले दाबी हाम्रो पनि रहने उनको भनाई छ। कांग्रेसबाट मुख्यमन्त्रीको रूपमा हेरिएका दुई जनावर्तमान संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री डा। रणबहादुर रावल र बहालवाला सामाजिक विकासमन्त्री कांग्रेसका गोविन्द बोहराले भने प्रत्यक्षमा चुनाव हारेका छन् । सुदूरपश्चिममा पहिलो विकल्प माओवादी, कांग्रेस र नेकपा एकिकृत समाजबादी मिलेर सरकार बनाउने देखिएको छ । एमालेले अहिलेसम्म प्रत्यक्षमा ३ सिट र नागरिक उन्मुक्तिले ५ सिट जितेको छ । बाजुरामा दुवै क्षेत्र जिते पनि एमालेको ५ सिट हुनेछ । दोस्रो विकल्पमा कांग्रेस, एमाले र नागारिक उन्मुक्ति पार्टी मिलेर सरकार बन्न सकिने बताइएको छ । यद्यपी कांग्रेसका नेताहरुले मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे शीर्ष नेताले गरेको निर्णय मान्ने बताएका छन् । गठबन्धनका जुन दलको भागमा परे पनि त्यसलाई पालना गरेर जाने उनीहरुले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यमा कुन पार्टीबाट को को भए विजयी ??
नेपाली काँग्रेसबाट
१. कैलाली क्षेत्र नं.–२ ‘क’बाट कमलबहादुर शाह
२. कैलाली क्षेत्र नं.–४ ‘ख’बाट प्रकाशबहादुर बम
३. कैलाली क्षेत्र नं.–५ ‘ख’बाट प्रकाशबहादुर देउवा
४. कञ्चनपुर क्षेत्र नं.–१ ‘क’बाट दीवानसिंह बिष्ट
५. कञ्चनपुर क्षेत्र नं.–२ ‘ख’बाट बहादुरसिंह थापा
६. कञ्चनपुर क्षेत्र नं.–३ ‘ख’बाट बेलबहादुर राना मगर
७. अछाम क्षेत्र नं.–१ ‘क’बाट मेघराज खड्का
८. अछाम क्षेत्र नं.–२ ‘ख’बाट मानबहादुर रावल
९. बझाङ्ग ‘क’बाट पृथ्वीबहादुर सिंह
१०. बैतडी ‘ख’बाट शिवराज भट्ट
११. दार्चुला ‘क’बाट विक्रमसिंह धामी
नेकपा माओवादी केन्द्रबाट
१. कैलाली क्षेत्र नं.–५ ‘क’ रमेश धामी
२. अछाम क्षेत्र नं.–१ ‘ख’बाटझपटबहादुर साउँद
३. अछाम क्षेत्र नं.–२ ‘क’बाट अक्कलबहादुर रावल
४. डोटी ‘ख’बाट शिवसिंह वली
५. डडेलधुरा ‘क’ बाट खगराज भट्ट
६. बझाङ्ग ‘ख’ बाट भीमबहादुर भण्डारी
७. दार्चुला ‘ख’ बाट मानबहादुर धामी
८. कञ्चनपुर क्षेत्र नं.–२ ‘क’बाट ओमविक्रम भाट
नागरिक उन्मुक्ति पार्टीबाट
१. कैलाली क्षेत्र नं.–१ ‘क’बाट कैलाश चौधरी
२. कैलाली क्षेत्र नं.–२ ‘ख’बाट लक्ष्मणकिशोर चौधरी
३. कैलाली क्षेत्र नं.–२ ‘ख’बाट रामेश्वर चौधरी
४. कैलाली क्षेत्र नं.–३ ‘क’बाट घनश्याम चौधरी
५. कैलाली क्षेत्र नं.–३ ‘ख’बाट खुशीराम डगौरा
नेकपा एमालेबाट
१. कञ्चनपुर क्षेत्र नं.–१ ‘ख’बाट बीरबहादुर थापा
२. डोटी ‘क’बाट चक्रबहादुर मल्ल
३. बैतडी ‘क’बाट सुरेन्द्रबहादुर पाल
नेकपा एकीकृत समाजवादीबाट
१. कैलाली क्षेत्र नं.–४ ‘क’बाट दीर्घबहादुर स्वडारी
२. कञ्चनपुर क्षेत्र नं.–३ ‘क’बाट प्रकाश रावल
स्वतन्त्रबाट
१. डडेलधुरा ‘ख’बाट डा. ताराप्रसाद जोशी (एकीकृत समाजवादीबाट विद्रोह)
३बाजुरा ‘क’ र ‘ख’ मा मंसिर १० गते केही मतदान स्थलमा मतदान सम्पनन भएपछि मात्र गणना हुने