कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीस्थित मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सु.प.प्र.०१.०१० प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाईते भएका जोशीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सोमबार सु.प.प्र.०१.०१० प ३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई राति दुर्घटना हुँदा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ जाँई शिबिरका ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।


