काठमाडौं। नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ। सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले बताएको छ ।‘मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरब, सुनकोसी– कमला र सुनकोसी–मरिण–वाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी– बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइने छ’ घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । ‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पेसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुने पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ त्यस्तै आफ्नो पार्टीले यसपकट कम खर्चिलो चुनाव बनाउने प्रयास गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।घोषणा पत्र यस्तो छ, क्लिक गर्नुहोस्- SAMAJBADI Final Ghosana Patra_CTP_2079 07 12

