धनगढी। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशको बिकासका लागी गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् । धनगढीमा पाँचदलीय गठबन्धनमा आबद्ध दलहरुको सुदुरपश्चिम प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
यो गठबन्धनलाई अगाडी बढाउन भोलीको राजनितीमा गठबन्धनकै सरकार बन्ने र गठबन्धनकै बर्चस्व रहने, गठबन्धनबाटै संविधान रक्षा र राष्ट्रिय एकताकालागी पनी गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए। त्यसैले सुदुरपश्चिमका आदरणीय दाजु-भाई तथा दिदी-बहीनीलाई गठबन्धनलाई जिताउन हार्दिक अनुरोध गर्दछु, उनले भने । २००७ साल देखी लागेर संबिधान गणतन्त्रात्मक संघिय साशन प्रणाली स्थापना भएको छ । यस्लाई बचाउनका लागी सुदुरपश्चिमको एकता आवश्यकता जरुरी छ।
यस्मा सुदुरपश्चिमबाटै समृद्ध बन्ने गठबन्धन पक्षमा भोट हाल्न भन्न चाहान्छु, उनले भने । त्यसो भएको खण्डमा मात्रै भोलीको दिनमा सुदुरपश्चिमले आफ्नो भाग अझ पछाडी परेको ठाउँ छ । अझ हामो हिस्सा बढी पढेपछि मात्रै बिकास पाउँनेछौँ, त्यसैलै अभियानको सफलता सुदुरपश्चिमबाटै सुरुवात भएपछिको सफलता पनी सुदुरपश्चिमबाटै हुने सबैको चाहाना भएको बताए । सुदुरपश्चिमबाट संघियता बचाउनका लागी, सुदुरको बिकासका लागी बलियो गठबन्धन आवश्यक छ उनले भने ।भिडियो हेर्नुहोस यहाँ तल
https://www.facebook.com/supamedia01/videos/438695111741769


