धनगढी। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगमा विभिन्न राजनीतिक दलको समानुपातिक सूची सार्वजनिक भएको छ । जस अनुसार सामानुपातिकका लागि ३७७ जनाको नाम सार्वजनिक गरिएको छ। प्रदेश सभाका लागि ३४ दलको समानुपातिक सूची सार्वजनिक गरिएको छ।
२०७४ सालको चुनावबाट २१ जना समानुपातिकमा एमाले र काँग्रेसका ८/८, माओवादी केन्द्रका ४ र जसपाका एक जना छानिएका थिए। प्रत्यक्षतर्फ एमालेका १७, माओवादीका १०, काँग्रेसका ४ र जसपाका एक जना निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेश सभामा २१ जना समानुपातिक र ३२ निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था छ ।निर्वाचनआयोगमा जारी गरेको सुदूरपश्चिम प्रदेशको सूची यस्तो छ।सुदूरपश्चिम प्रदेशमा यस्तो छ समानुपातिक सूची हेर्नुहोस यहाँ क्लिक गरेर
https://election.gov.np/admin/public//storage/PR/Closed%20List/7.%20SudurPaschim%20Province.pdf


https://drive.google.com/file/d/14sbP_1CMnUqKzXLqCKZ3XyCY1UFKRifk/view


