धनगढी : कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा क मा नेकपा एमालेले टिकट दिएका यज्ञराज बास्तोलाको टिकट खोशिएको छ । शुक्रबार उमेदवारको लिस्टमा समेटिएका बास्तोलाको टिकट खोसेर निबर्तमान प्रदेशसभा सदस्य समेत रहेका नेपालु चौधरीले टिकट पाएको एमाले श्रोतले बतायो ।
शुक्रबार बिहानसम्म बास्तोलाले टिकट पाएका थिए । तर आज नेपालु चौधरीको नाममा टिकट आएको एमालेका एक नेताले बताए । बास्तोलाको टिकट खोृसिएपछि एमाले कैलालीमापनि नेता कार्यक्रताहरुले असन्तुस्टी पोखिरहेका छन् । टिकट पाएर नामावली समेत आइसकेपछि अर्कैको नाममा टिकट आउनुले खराव नतिजा दिने एमालेका एक नेताले बताए ।
जित्ने जनआधार भएका बास्तोलालाई टिकट दिएको भए सहज हुने तर चौधरीलाई चुनाव जित्न कठिन हुने उनि निकटका नेताहरु बताउँछन् ।

