कैलाली। मंसिर ४ गते हुने निर्वाचनका लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिसकेका छन् । दलहरुमा आउदो निर्वाचनको लागि उम्मेदवार सिफारिस गरिएको छ। यस्तै नेकपा एमालेले पनि हालसम्म ५६ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये ५६ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको एमालेका एक नेताले बताए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरु समानुपातिक उम्मेदवार छनोट गर्ने चरणमा प्रवेश गर्दा एमाले भने प्रत्यक्षकै निर्वाचन प्रचार प्रसारमा लागिसकेको छ। ‘एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छनोटको चरणमा प्रवेश गरेको छ’, एमालेका पोलिटव्यूरो सदस्य ठाकुर गैरेले भने। नेताहरुले त्यो संख्या शुरुमै छनोट गरेर निर्वाचनमा आयोगमा पठाउने भएको छ। यसरी विभिन्न जिल्ला कमिटीबाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका नेता छन्।
५६ जनामा कतिपय पहिलोपटक सिफारिस भएका हुन्। सुदुरपश्चिमबाट एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावल अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। रावल आफैंले अहिलेसम्म निर्वाचन लड्ने घोषणा गरिसकेका छैनन्। दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट दमोदार भण्डारी, डडेलधुराबाट पठानसिंह बोहोरा, डोटीबाट चक्र मल्ल, अछाम २ बाट यज्ञराज बोगटी, कैलाली ३ बाट गौरीशंकर चौधरी, कैलाली ४ बाट लेखराज भट्ट, कैलाली ५ बाट नारदमुनि राना सर्वसम्मत सिफारिस भएका छन्।
एकल रूपमा सिफारिस भएका नेताहरू अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील हुन थालेका छन्। निर्वाचन आयोगले दशैं सकिएसँगै उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गरेको छ । त्यसअघि नै पार्टीहरूले सबै उम्मेदवारको नाम टुंग्याइसक्नुपर्ने अवस्था छ । एमालेले प्रायः सर्वसम्मत भएका र नभएकाको पनि नाम छनोट गरी उम्मेदवार तय गर्नेछ । एमाले सचिवालय र स्थायी कमिटी बैठकले उम्मेदवारको नाम तय गर्नेछ । अहिले सिफारिसमा परेका नेताको अवस्थाबारे जानकारी लिने काम भइरहेको एमाले स्रोतले जनाएको छ। सर्वसम्मत भएकामध्ये कतिपय नेताहरु पहिलो पटक निर्वाचनमा भाग लिँदै छन् । सर्वसम्मत रुपमा सिफारिसमा परेकामध्ये एमालेबाट पहिलो पटक निर्वाचनमा भाग लिँदैछन्। सिफारिसमा परेका तर सर्वसम्मत नभएका नेतामा कैलाली १ बाट द्धारिका न्यौपाने, बझाङबाट ऐन महर लगायतका नेताहरु डेब्युको तयारीमा रहेका छन् । यद्यपि उनीहरुले टिकट पाउने नपाउने विषयमा अझै निचोडमा पुगेको छैन । सर्वसम्मत सिफारिस भएकाहरु–
झापा १ रविन कोइराला
झापा ५ केपी शर्मा ओली
इलाम १ महेश बस्नेत
इलाम २ सुवास नेम्बाङ
मोरङ २ ऋषिकेश पोखरेल
मोरङ ३ भानुभक्त ढकाल
मोरङ ४ विनोद ढकाल
सुनसरी १ जयकुमार राई
सुनसरी ३ भगवती चौधरी
धनकुटा राजेन्द्र राई
सोलुखुम्बु मानवीर राई
पर्सा ३ राजकुमार गुप्ता
बारा २ बलवीर चौधरी
बारा ४ देवनारायण चौधरी
रौतहट ३ प्रभु साह
सर्लाही २ राजनारायण साह
धनुषा ३ जुली महतो
धनुषा ४ रघुवीर महासेठ
सिराह ३ लीलानाथ श्रेष्ठ
काभ्रे २ गोकुल बाँस्कोटा
काठमाडौं २ मणिराम फुयाँल
काठमाडौं ३ कृष्ण राई
काठमाडौं ४ राजन भट्टराई
काठमाडौं ५ ईश्वर पोखरेल
नुवाकोट १ बद्री मैनाली
चितवन ३ रामप्रसाद न्यौपाने
नवलपुर २ तिलकबहादुर महत
म्याग्दी हरिकृष्ण श्रेष्ठ
मनाङ पाल्देन छोपाङ गुरुङ
पाल्पा २ ठाकुर गैरे
गुल्मी १ प्रदीप ज्ञवाली
अर्घाखाँची टोपबहादुर रायमाझी
प्युठान सूर्य थापा
दाङ २ शंकर पोखरेल
कपिलवस्तु २ बृजेशकुमार गुप्ता
कपिलवस्तु ३ मंगलप्रसाद गुप्ता
रूपन्देही १ छविलाल विश्वकर्मा
रूपन्देही २ विष्णुप्रसाद पौडेल
रूपन्देही ४ कृष्णप्रसाद भुसाल
रूपन्देही ५ खिमलाल भट्टराई
रोल्पा पूर्ण बुढामगर
डोल्पा बम्दी क्वाँरा बोहोरा
हुम्ला दल रावल
मुगु मोहन बानियाँ
जुम्ला रतननाथ योगी
कालिकोट नागिन्द्र शाही
सल्यान गुलाबजंग शाह
दार्चुला गणेश ठगुन्ना
बैतडी दामोदर भण्डारी
डडेलधुरा पठानसिंह बोहरा
डोटी चक्र मल्ल
अछाम १ भीमबहादुर रावल
अछाम २ यज्ञराज बोगटी
कैलाली ३ गौरीशंकर चौधरी
कैलाली ४ लेखराज भट्ट
कैलाली ५ नारदमुनि राना

