दार्चुला। दार्चुलाको नौगाड गाउँपालिका–१ मा साङपाङ क्षेत्रस्थित नौगाड नदीमा खसेर एक महिला बेपत्ता भएकी छन् । शुक्रबार बिहान घरबाट नजिकको जंगलमा जाने क्रममा स्थानीय अन्दाजी ३२ वर्षीया अनितादेवी ठगुन्ना नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिककैको गोधानी जंगलमा घाँस काट्ने बेला उनी नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन्।
उनी करिब ५ सय मिटर तल खसेकी थिइन्। प्रहरी कार्यालयका सूचना अधिकारी जगत मगरका अनुसार बिहान करिब साढे ८ बजेतिर घरदेखि अन्दाजी १ घण्टाको पैदल दूरीमा रहेको गोदानी जंगलमा घाँस काट्ने क्रममा ५ सय मिटर तल नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् ।बेपत्ता महिलालाई खोज्न दल्लेखबाट प्रहरी टोली खटिएको भए पनि शुक्रबार दिउँसोसम्म भेटाउन सकिएको छैन ।

