धनगढी : वातावरणीय पर्यावरणलाई मध्यनजर गर्दै अखिल क्रान्तीकारी कैलालीले संगठनको केन्द्रिय निति अनुसार कैलाली बहुमुखी क्याम्पसमा पुष्प बृक्षारोपण गरेको छ ।
एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहिको स्मृतिमा अखिल क्रान्तिकारी कैलालीले कैलाली बहुमुखी क्याम्पसमा पुष्प वृक्षरोपण गरेको छहो ।
संगठनका सुदूरपश्चिम प्रदेश ईन्चार्ज बबरजङ्ग सिंहको प्रमुख आतिथ्यतामा आयोजित पुष्प बृक्षारोपण कार्यक्रमबाट प्रदेश समितिका सम्पुर्ण जिल्लाले क्रमशः निरंतरता दिरहेको जनाइएको छ ।
विद्यार्थीहरुको सहभागितामा लिप्टिस, जामुन, असोक, धुपी लगायत प्रजातिका दुई सय विरुवा रोपेको इन्चार्ज सिंहले बताए ।संगठनले यस्ता बिविध कार्यक्रम गर्दै आएको सिहंले बताए ।


