धनगढी : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले गठबन्धन सरकारका कारण संघियतामाथी प्रश्न उठिरहेको बताएका छन् । धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञावालीले प्रदेश सरकारहरुले गरेको बेथितिका कारण संघियता माथी प्रश्न उठिरहेको बताएका हुन् ।
एमालेले प्रदेश सरकारहरुको नेतृत्व गरेका बेला राम्रै काम भएकाले प्रश्न नउठेको बताउँदै ज्ञावालीले बर्तमान गठबन्धनमा बनेका प्रदेश सरकारले जनमुखी काम गर्न नसक्दा प्रश्न उठेको बताए । गठबन्धन सरकार मन्त्री थप्ने, फेरवदल गर्ने गरी निजि स्वार्थ मात्रै पुर्तीमा लागेका कारण जनतामा आक्रोस पैदा भएको ज्ञावालीले बताए। संघियता आफैमा गलत नभएपनि शासन गर्नेहरुले गलत गर्दा प्रश्नहरु उठेको उनको भनाई छ। संघियता खारेजी नभई सबल नेतृत्व चुन्नुपर्नेमा ज्ञावालीको जोड छ ।
ज्ञावालीले बाम एकता अहिलेकै अवस्थामा सम्भव नरहेको बताए । काग्रेंसको पछि लाग्ने तर बाम एकताको कुराले बाम गठबन्धन सम्भव नरहेको उनले बताए । माओवादी र एकिकृत समाजवादीले काग्रेंसको साथ छोडेर आए बाम गठबन्धनको सम्भावना रहेको ज्ञावालीले बताए ।
ज्ञावालीले बर्तमा सरकारले कुनै जनमुखी काम गर्न नसकेको बताए । नेकपा एमालेले सरकार चलाउँदा राम्रो अर्थतन्त्र र नेपालीको स्वाभिमान बढाउने काम गरेपनि गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त पार्नुका साथै नेपालीको शिर निहुरिने खालका राष्ट्रघाती काम गेको ज्ञावालीको आरोप छ । बर्तमान गठबन्धनको सरकार रहँदासम्म देश उभो गती नलाग्ने उनको भनाई थियो ।

ज्ञावालीले संसद् बाट पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नु पर्ने बताए । विदेशी छोरी नेपाल आएर बिहे गर्ने बित्तिकै नेपाली नागरिकता दिने कुरा कदापि ठिक नभएको उनको भनाई छ । उनेले आज बिहे गर्ने भोलि नेपाली नागरिकता पाउने र पर्सी गएर सम्बन्ध विच्छेद गर्ने लहर भल्यो भने यसको जिम्मेवारीकोले लिन्छ भनी प्रश्न समेत गरेका छन् ।
नागरिकता विधेयकले गर्ला सबै भन्दा बढी मधेसका नागरिक समस्यामा र अल्पमतमा पर्ने नेता ज्ञावालीको तर्क छ । ’’विदेशबाट विवाह गरेर नेपाल आउने बित्तिकै उनीहरूले नागरिकता पाउँलान तर उनीहरूलाई नेपाली भूमिका माया हुँदैन किन भने उनीहरूले पहिले नेपालको रहन सहन सिकेको हुँदैनन् ।
संस्कृति बुझेको हुँदैन त्यसैले उनीहरूलाई आफू जन्मेको माटोको माया हुन्छ । जब सम्म नेपालको माया हुँदैन तब सम्म उनीहरूलाई नागरिकता दिनु हुँदैन । नागरिकता विधेयकले मधेसबाट खतरा हुने सम्भावना बढी छ । यसरी नेपालका रैथाने मधेसमा बसोबास गरेका व्यक्तिहरू अल्पमतमा पर्ने र अन्य देशका विशेष गरी भारत नेपालमा विवाह गर्ने चलन भएकाले त्यहाँ गलत मानसिकताले कसैले बिहे गर्छ भने त्यो खतरनाक हुन जान्छ ।’’ उनले भने ।
पार्टीले निर्णय नगरेको भए पनि आफ्नो आसा भने राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु नै उत्तम हुने बताए । यस्तै, ज्ञावालीले नागरिकता नपाएका नेपाली नागरिकता पाउनु पर्ने तर नागरिकता पाउने प्रावधान हरू खुकुलो पारिन नहुनेमा आफ्नो स्पष्ट धारण रहेको बताए ।

