कञ्चनपुर। कैलालीका एक युवकको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका-६ का २६ वर्षीय मनिराम चौधरीको कञ्चनपुरमा मृत्यु भएको प्रहरीले बताएको छ। कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१८ सालघारीका चन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका चौधरीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनी कोठामा बेहोस अवस्थामा फेला परेका थिए। उनको बिहीबार राति अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मदिरा सेवन गरेका चौधरी कोठामा बेहोस अवस्थामा पाइएका घरबेटी गुरुङले बताएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।


