कञ्चनपुर । निर्मला पन्तका हत्यारा सार्वजनिक, संविधान कार्यान्वयनदेखि धारा ५५ खारेजी सहितका दर्जनौँ माग अघि सारेर तीन सातादेखि प्रशासन कार्यालय कञ्चनपुर गेट अगाडी क्षेत्रमा अनसनमा बसेका समाजिक अभियन्ता ईश्वर दत्त जोशीले अब काठमाण्डौँ केन्द्रीत आन्दोलन गर्ने भएका छन।
१३ असारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर गेट अगाडी अनसनमा रहेका जोशीले २९ असारमा धर्ना तोडेका छन। जेष्ठ नागरिक रामसिह भण्डारीले जुस खुवाएर धर्ना तोडेका हुन । जोशीले जिल्लाबाट सरकारी, गैर सरकारी, राजनीतिक दल, पत्रकार कसैबाट समेत सहयोग नपाएको गुनासो पोख्दै काठमाण्डौँमै गएर धर्ना दिने बताए । ‘मैले अघि सारेका मागप्रति सरोकारवाला निकायले चासो नै दिएनन,‘उनले भने,‘अब काठमाण्डौँ जान्छु, सिहदरबार र संसद भवन अगाडी धर्नामा बस्छु।’
धर्ना तोडाउने कार्यक्रममा महिला अधिकारकर्मीद्वय शारदा चन्द, लक्ष्मी मल्ल, एनजिओकर्मी सुरेन्द्र देउवा सहितले जोशीले उठान गरेका मागप्रति सरकारले गम्भिर भएर लाग्नुपर्नेमा जोडदिएका थिए । उनीहरुले लामो समय अनसनमा बसेका जोशीको मागप्रति सरकारी तथा राजनीतिक दलबाट गम्भिरतापुर्वक नहेरिनु दुखत भएको बताएका छन । भीमदत्त नगरपालिका १२ ऐरीका स्थानीय एव अभियन्ता जोशीले देशमा दुई दुई सरकार परिर्वतन हुँदा समेत निर्मला पन्त लगायतका कयौ चलिहरुको बलात्कारी बचाउने काम भएको भन्दै प्रशासनमा ज्ञापन पत्र बुझाउँदै धर्नामा बसेका थिए।
निर्मलाका हत्यारा बाहिर ल्याउन न्यायाधिश, प्रहरी किन लागि पर्दैनन भन्दै प्रश्न गरे। बलात्कारी बचाउने त्यस्ता व्यक्तिलाई पनि बलात्कार ऐन अन्र्तरगत कार्बाही हुनुपर्ने माग अघि सारेका छन । बलात्कृत चेलीहरुलाई न्याय दिनुपर्ने माग अघि सारेका छन । यसका साथै जोशीले संविधान कार्यान्वयन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुनुपर्ने, छाडा पशु चौपाया नियन्त्रण हुनुपर्ने, कृषि निगम आयोग हुनुपर्ने, नेताले चुनाव जितेर आफ्नो सेवा सुविधा आफैले प्रयोग गरिरहेको भन्दै माग अघि सारेर प्रशासनमा अनसनमा बसेका थिए । यस्तै जोशीले किसानले उत्पादन गरेको बस्तु तथा सेवाको मुल्य आफै निर्धारण गर्नुपर्ने, भ्रष्टाचारीलाई समाजिक बहिस्कार, गैर राजनीतिक युवा संगठन निर्माण गर्नुपर्ने, राजनीतिक दलपिच्छे पार्टीका शिक्षक संगठन खारेजी गर्नुपर्ने, संसद संख्या घटाउनुपर्ने, सघीयता खारेजी हुनुपर्ने, निजामती कर्मचारीलाई भ्रष्टाचारमुक्त गराउनुपर्ने, बालिका, चेलीबेटीका हत्यारामाथि कार्बाही हुनुपर्ने, १७ बर्षिया कुमारी बलात्कृत भएर उनबाट जन्मेको बच्चा र आमालाई न्याय दिनुपर्ने, निःशुल्क स्वाथ्य उपचारको माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाउँदै जोशीले अन्न त्यागेर दोस्रो चरणदेखि अनसनमा बसेका थिए । उनले प्रहरीले निर्मला हत्यारा खोज्न ध्यान नदिएको आरोप लगाएका छन। यस अघि पनि जोशी निर्मलाको न्यायका लागि भन्दै आन्दोलमा होमिएका थिए । तर, कञ्चनपुर प्रहरीले निर्मला हत्याराको खोजी कार्य जारी रहेको जनाउँदै आएको छ। यस अघि पनि निर्मला पन्तका बलात्कारी खोजिको माग अघि सारेर जोशीले ज्ञापन पत्रका साथै अनसन बसेका थिए।
वि.सं.२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ।

