कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले वितरणमुखी बजेट ल्याएको प्रमुख प्रतिपक्षी दलले आरोप लगाएका छन् । प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनकालागि सुदूरपश्चिम प्रदेश सरकार पक्ष र प्रतिपक्षी दलबीच सहमतिपछि सञ्चालन भएको प्रदेश सभा बैठकमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन्। प्रदेश सभामा बजेटमाथि धारणा राख्ने क्रममा बोल्दै नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताए।
उनले वित्तीय अनुशासनभन्दा बाहिर गएर बजेट ल्याइएको भने। सुदूरपश्चिम प्रदेश सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ,अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो । तर, त्यो भन्दा पनि खराब बजेट आएको छ उनले भने। उनले माननीयज्यूले सिफारिस गरेका योजना, कर्मागत, बहूबर्षिय योजनाहरू काटिएका र ती योजनामा न्यून बजेट भएकाले वितरणमुखी बनाएर दामासाही बाँडिएको आरोप लगाए। उनले विद्यालय स्वास्थ्यमा भन्दा मन्दिरमा करोडौँ बजेट दिएको भन्दै विरोध गरे ।
नेकपा एमालेका प्रदेश सभा सदस्य बोहराले बजेट किताब आउनुअघि नै सामाजिक सञ्जालहरूमा योजना सार्वजनिक भइरहेकोमा आपत्ति जनाए । ‘यो सदनमा प्रतिपक्षी पनि छ । प्रतिपक्षी एकजुट पनि छ भन्ने देखाएका छौँ ’ उनले भने, ‘बजेटमा सुधार नआएसम्म संसदमा प्रवेश नगर्ने भनेका थियौँ उनले भने।’ उनले सरकारबाट संसदको अपहेलना भएको भन्दै खेद जनाए । बजेट पारित गर्ने अन्य खेल भइरहेको दाबी गर्दै उनले प्रतिपक्षमा रहेका एक सांसदलाई फकाउँदै गरेको पनि खुलासा गरे । बोहराले सरकार र प्रतिपक्षी दलबीच भएको १४ बुँदे माग कार्यान्वयन हुनु पर्नेमा पनि जोड दिएका थिए ।
उनले अर्थमन्त्रीले प्रदेशसभामा त्यो विषयमा प्रतिबद्धता गर्न समेत जनाए । भएको सहमति कार्यान्वयन हुनु पर्छ उनले भने। यथास्थितिमा बजेट समर्थन गर्न लायक होइन अर्थमन्त्रीबाट प्रतिबद्धता आउनुपर्ने उनले जोड दिएका छन् ।यस्तै बजेटमाथि धारणा राख्दै माओवादीका प्रदेशसभा सदस्य महेशदत्त जोशीले सरकारले व्यापारी र बिचौलियाको प्रभावमा बजेट ल्याएको बताएका हुन्। ‘दलालका योजना छिरेको जस्तो भएको छ। कुनै निर्वाचन क्षेत्रमा ३ अर्ब छ, कुनैमा डेढ दुई करोड पनि छैन। जहाँ आवश्यकता छैन, त्यहाँ पनि बजेट छ। त्यहाँ बिचौलियालाई चाहिएको हो रु बिचौलियाको पोल्टामा नजाने गरी बजेट कार्यान्वयन गर्नुपर्छ’, उनले भने। सवारीमा छुट दिने कुरामा सरकारको नियतमा प्रश्न उठेको सांसद जोशीले बताए। ‘बिचौलियाको सल्लाहमा छुट दिइएको छ।


