कञ्चनपुर। कञ्चनपुरको भिमदत्तनगरपालीका ४ मा अनियन्त्रीत पार्किङ गरिराखेका सवारी साधनहरुलाई ह्विल लक लगाईएको छ । जिल्ला ट्राफिक कञ्चनपुरले आज बिहान भिमदत्तनगरपालीका वार्ड नम्बर ४ चम्मनचौक स्थीत सडकमा सवारी आवागमनमा बाधा गरि अनियन्त्रीत पार्किङ गरिराखेका सवारी साधनहरुलाई ह्विल लक लगाएको हो।
जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी नायब निरीक्षक मदन राज उपाध्याय समेतको टोलिद्वारा ह्विल लक लगाईएको जनाएको छ । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले यसअघि सवारी साधनहरु जथाभावी पार्किङ नगर्न आग्रह गरेको थियो । सवारी साधनहरु जथाभावी पार्किङ गर्ने सवारी साधनमार्थी ह्विल लक लगाउने कार्य गरिने ट्राफिक प्रहरीले जनाएको छ।



