कन्चनपुर। कन्चनपुर क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद नर बहादुर धामी र प्रदेश सांसद महेश दत्त जोशीलाई कृष्णपुर नगरपालिकाका स्थानिय गोकर्ण कलौनीले खुला पत्र पठाएका छन् । नेकपा एमाले कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भई संघीय सांसद बनेका धामी र प्रदेश सांसद तथा नेकपा(माओवादी केन्द्र)का नेता जोशीलाई कलौनीले खुला पत्र पठाएका हुन् ।
अत्यधिक मतले बिजयीपश्चात् पदमा पुगेपछि आफ्नो धरातल बिर्सेको उनले खुला पत्रमा आरोप लगाएका छन् । खुला पत्रमा कञ्चनपुरमा सार्बजनिक सम्पदा संरक्षण, प्रर्यटकिय क्षेत्रको बिकास, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, नदि नियन्त्रण, बनजंगल संरक्षण, सुकुम्बासी तथा आरक्ष पीडितका कुराहरु समग्रमा निर्बाचनको बेला गरिएका बाचा नगरेको उल्लेख गरेका छन् । यस्तै असक्षम र अज्ञानताका कारण बजेट खर्च हुन नसक्नु, कमिसन, खुलेयाम भ्रष्टाचार, विकासको काम गुणस्तरहीन र अषाढे खर्च काम, ५ बर्षसम्म १ दिनपनि संसदमा आफुले प्रतिनिधित्व गरेको क्षेत्रका समस्याहरु पेश गर्न नसक्नु,युवालाई रोजगार, किसानका लागी मलखाद नहुनु, शिक्षामा सुधार नहुनु, पाठ्यपुस्तकको अभाव भैरहेको बताए । जस कारण सो क्षेत्र पछाडी परेको उल्लेख गरेका छन् । यसप्रति साँसदको ध्यान जान खुलापत्रमा उल्लेख गरेका छन् । यस्तो छ कृष्णपुर नगरपालिकाका स्थानिय गोकर्ण कलौनीले खुला पत्र
माननीय नर बहादुर धामी तथा महेश दत्त जोशी ज्यु,
कन्चनपुर क्षेत्र नं.२(ख)
सादर नमस्कार १
बिषयस् खुल्ला अनुरोध पत्र !!
माननियहरु,
तपाईहरु जस्ता समाज तथा राष्ट्रका जिम्मेवार व्यक्तित्वको सामाज तथा आफ्नो चुनाबी भूगोलका लागि गरेको योगदान तथा तपाईहरुको व्यक्तित्वमा समेत प्रश्न उठाए भने मलाई पाप लाग्छ। तपाईहरुको योगदान राम्रो संग बुझेको छु। यी कुराहरुको लागि हजुरहरुलाई सधै उच्च सम्मान व्यक्त गर्दछु। संघियताको कार्यान्वयन संगै संघीय संसद एवम प्रदेशको निर्वाचन-२०७४ मा कन्चनपुर जिल्ला क्षेत्र नं। २ बाट संघीय सांसद माननीय नर बहादुर धामी र प्रदेश सभा सांसद माननीय महेश दत्त जोशीले अत्यधिक मतले बिजयी हुदै यस क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाउनु भयो । आफ्नो क्षेत्रबाट असल ब्यक्तिहरु बिजयी भएर प्रतिनिधि हुदा गर्व हुदोरहेछ र साथै एक नागरिकको हैसियतमा प्रश्न राख्ने अधिकार पनि । महोदय, मलाई प्रष्ट थाहा छ, जिम्मेवार तथा गरिमामय पदमा रही समाज निर्माणको गहन जिम्मेवारीबाट थिचिनु भएको छ तर पनि जनअपेक्षालाई समेत सन्तुलित रुपमा सम्बोधन गर्न यहि पत्रबाट ध्यानाकर्षण गराउन चाहन्छु । मैले धेरैपटक सामाजिक संजालमा गुनासोहरु गरे ।सार्बजनिक सम्पदा संरक्षण, प्रर्यटकिय क्षेत्रको बिकास, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, नदि नियन्त्रण, बनजंगल संरक्षण, सुकुम्बासी तथा आरक्ष पीडितका कुराहरु समग्रमा निर्बाचनको बेला उचालिन्छन तर त्यसपछि सेलाउछन । हजुरहरुले पढ्नुहुन्न भन्ने जान्दाजान्दै यो पत्र लेख्दैछु । कस्तो काइदाको सम्बन्ध छ है हामि बीच निर्बाचित भएको ५ बर्षसम्म हामीहरुले हजुरहरुको अनुहार सम्म देख्न नपाउने तर निर्बाचनको बेलामा फेरी उनै अनुहारहरुलाई समस्या सहितको समाधान रहित हाम्रो समाजमा आउदा फूलमाला लगेर ताली पड्काउनै पर्ने ।
म यी माथिका बिषयहरुमा चर्चा गरिरहदा एउटा आम-नागरिकको हैसियत पनि खोजिरहेको छु । असक्षम र अज्ञानताका कारण खर्च हुन नसक्नु, कमिसनमा योजना बेच्नु, खुलेयाम भ्रष्टाचारको सिमा नाघ्नु, विकासको काम गुणस्तरहीन र अषाढे खर्च मात्रै हुने गरी काम गर्नु, ५ बर्षसम्म १ दिनपनि संसदमा आफुले प्रतिनिधित्व गरेको क्षेत्रका समाधान गर्न सकिने समस्याहरु पेश गर्न नसक्नु, सचिवालयमा छोराछोरीतन्त्र र परिवारवाद हाबी हुनु, युवालाई रोजगार, किसानलाई खेतीपातीको समयमा मलखाद नहुनु, स्तरीय शिक्षाको लागि शैक्षिक संस्थामा सुधार नहुनु, शैक्षिकसत्र सुरु भएर महिनौ हुदा पनि पाठ्यपुस्तकको अभाव रहनु आदि अनगिन्ती कारणहरुले गर्दा हाम्रो क्षेत्र पछाडी परेको छ र राजनितीक दलहरु प्रति समाजमा नकारात्मक सोच पलाएको छ । संघिय तथा प्रदेशको संसदको कुर्चीमा बसेर पालिका स्तरिय भन्दा तलको र वास्तविक क्षेत्र छनोट गरी नीतिगत तथा भौतिक विकास गर्नुको साटो कमिसन मात्रै आउने र कार्यकर्ता प्रधान भएको ठाउमा मात्रै योजना दिन खोज्नु एकदम निन्दनीय र गैरजिम्मेवार हुनु हो । हालसम्म यस क्षेत्रमा एउटा पनि नयां उधोगको संचालन, गुणस्तरीय सडक, नमुना शैक्षिक संस्था, स्तरीय तथा सुविधायुक्त अस्पताल, युवा स्वरोजगारका योजना, खेत-खेतमा पानी, बिउबिजन तथा मलखादको आदि योजना आउन सकेनन ।तपाईहरुले नै उदघाटन गरेर गएको गड्बिजुला सामुदायिक बन उपभोक्ता समितिसंग जोडिएको ईको पार्कको काम किन रोकियो ? भूमिहीन सुकुम्बासी र आरक्ष पीडितका कुरा घोषणा पत्रमा मात्रै किन सिमित रहे ? सार्बजनिक सम्पदा गड्बिजुला तालको जमिन मिचिदा तपाईहरु किन मौन ? मलखाद नपाएर किसान रोईरहादा के-कस्तो पहल गर्नु भयो ? सार्बजनिक स्कुलहरुको शैक्षिक गुणस्तर र भौतिक अवस्था बिगर्दै जादा वास्तविक स्कुलहरुले सुधारका लागि आएका योजना पाए त ? समस्या निर्बाचित प्रतिनिधिमा मात्रै छैन । ठेक्का टेण्डरपछी योजनाहरु अलपत्र पार्ने निर्माण ब्याबसायी र राज्यको नेतृत्व नै होला नि । हामीहरुमा हिउदभरी सुस्त बर्षा लाग्दा चुस्त हुने परिपाटी नै बस्यो जुन एकदमै दुखद छ र यो परिपाटी हटाउनुपर्छ भन्ने मेरो मान्यता छ र रहिरहने पनि छ । जनता कुटनितिक पहलका साथै व्यक्तिको भूमिकामा खासै जानकार हुदैनन, जनताहरुले प्रत्यक्ष सरोकार राख्ने कुरामा बिशेष ध्यान दिनुहोला भन्दै बिदा चहान्छु । म नत कुनै राजनीतिक दलको सदस्य नै हो नत तपाईहरुको दुश्मन नै हो । यसलाई एउटा स्वतन्त्र युवाको बिशेष अनुरोधका रुपमा लिनुहुनेछ भन्ने बिश्वास लिएको छु । धन्यबाद !! गोकर्ण कलौनी, कृष्णपुर नगरपालिका


