धनगढी। निर्माण व्यवसायी संघ कैलालीले कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ ।कोभिड १९ रोगका कारण स्वर्गारोहण भएका संघका साधारण सदस्यहरूको सम्झनामा आज शनिवार एक श्रद्धाञ्जली सभा कार्यक्रम मार्फत आठ जनाको परिवारलाई १२ लाख बराबरको आर्थिक सहयोग वितरण गरिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए।
कोरोनाका कारण संघका ८ जनाको साधारण सदस्यको मृत्यु भएको थियो। मृत्यु भएका परिवारलाई एक लाख ५० हजारका दरले प्रति परिवारलाई आज सो रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष उपाध्यायले आगामी दिनहरूमा पनि यस्ता सहयोगहरू गर्न आफुहरु तयार रहेको बताए ।कोरोनाका कारण निर्माण व्यवसायी संघ कैलालीका साधारण सदस्य श्याम सुन्दर मण्डल, प्रकाश चटौत, चित्र बहादुर कार्की, प्रकाश शाह, उद्धव श्रीमाल, नीरज प्रकाश चटौत, हरि प्रसाद अवस्थि र राजु प्रसाद श्रेष्ठको मृत्यु भएको थियो ।




