कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी– ७ को वडा सदस्यको पदमा श्रीमान, श्रीमती निर्वाचित भएका छन्। दोधाराचाँदनी नगरपालिका– ७ को वडा सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय निर्वाचित भएका हुन्।
सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए। एमालेबाट चुनावमा होमिएका सन्दीपले ७ सय ५५ र कमलाले ७ सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ। सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन्।