कैलाली। कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय महानगरीय अपराध महाशाखाको समेतबाट खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार हत्या घटना अनुसन्धानकालागि सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई भारतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन् । कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियो। उनीहरुको समूहले ‘दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको महाशाखाले जनाएको छ । रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो। दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो। त्यतिमात्रै होइन पछि (हत्यारा हौं पक्राउ गरेर देखा) भन्दै भण्डारीले भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए। गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव भेटाएका थिए ।सम्बन्धित समाचार हेर्नुहोस उक्त भिडीयोसहित
कैलाली अर्जुन दास हत्या प्रकरण: फरार आरोपी भन्छन्, ‘क्रिमिनल हो हामी क्रिमिनल’ (भिडीयो सहित )


