कञ्चनपुर। कञ्चनपुरमा एक चितुवा पासोमा फसेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका १५ र १६ बिचको मझगाउँ खोलामा चितुवा पासोमा फसेको हो।
उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्छ। निकुञ्ज प्रमुख किशोरकुमार मेहताले चितुवा पासोमा फसेको खबर आएको र त्यहाँ निकुञ्जको टोली गएको जानकारी दिएका छन् ।

