धनगढी। धनगढी उपमहानगरपालीका- १२ को सिद्द्नाथ सामुदायिक वन अध्यक्षमा रबिन्द्र सिंह निर्बाचित भएका छन् ।
मंगलबार सामुदायिक वनको १८ औ साधारण सभा तथा अधिबेशनबाट अध्यक्षमा सिंह लगायतको टिम निर्बाचित भएको हो । यस्तै उपाध्यक्षमा श्याम राज भट्ट, सचिवमा पर्मिला राई, सह-सचिवमा गङगा थापा निर्बाचित भएका हुन् ।
यस्तै काेषाधक्षमा कृष्ण सोब निर्बाचित भएका हुन् । यस्तै सदस्यहरुमा दीर्घ बिक, मन प्रसाद जोशी, कलावति सिंह, रिमा बिष्ट थापालगायत सदस्यहरु निर्वाचित भएको सिद्द्नाथ सामुदायिक वन धनगढी-१२ ले जनाएको छ ।

