धनगढी। नवजिवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
३० हजार शेयर सदस्य रहेको नेपालकै अग्रणी सहकारी संस्था नवजिवन सहकारी संस्थाको २८ औँ बार्षिक साधारण सभामार्फत आगामी ४ बर्षका लागी नयाँ कार्यसमितीको चयन भैरहेको हो । नवजिवन सहकारी संस्थाको नयाँ नेतृत्वका लागी देव बहादुर बम र रतन बहादुर प्यानल चुनाबि मैदानमा उत्रिएका छन्।
धनगढीस्थीत ओम प्यालेसमा बिहान ८ देखी बेलकी ५ बजेसम्म मतदान गर्न सकिने ब्यवस्था मिलाईएको जनाइएको छ । सहकारी संस्थाको मतदानका लागी २५ ओटा बुथ सेन्टर बनाएको र १५० जनाले एकैपटक मतदान गर्न सकिने ब्यवस्था गरिएको छ । शेयर सदस्यहरुले परिचय पत्र (प्रतिनिधि तोकिएको संस्थाको पत्र), नेपाल सरकारले फोटो सहित प्रमाणित गरी जारी गरेको प्रमाण पत्र साथ लिई मतदान गर्न गर्न सकिने जनाइएको छ ।नवजीवन सहकारी २०५० सालमा स्थापना भएको हो ।
बमको प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।बमको प्यानलले नवजीवन सहकारीको विकास, सेयर सदस्यको हकहित, सामाजिक क्षेत्रमा लगानी र कर्मचारीको हकहित सहितका एजेण्डा छन्।
यस्तै कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन्।कठायतको प्यानलले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाउने, पूराना र अधुरा कामलाई पूर्णता दिनुका साथै सामुदायिक अस्पताल र सहकारी विद्यालय सञ्चालन गर्ने एजेण्डा छन्।थप जानकारी 




