धनगढी। कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुवेरबहादुर शाही चयन भएका छन् । कैलाली हार्डवेयर व्यवसायी सङ्घको दशौँ वार्षिक साधारण सभामा अध्यक्षमा शाही चयन भएका हुन्।
शनिबार सम्पन्न भएको चौथो अधिवेशन तथा १० औँ साधारणसभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा रञ्जनकुमार शर्मा, उपाध्याक्षमा लवदेव पन्त र ननैसिंह कार्की, महासचिवमा ईश्वर गिरी, सचिवमा अम्बादत्त भट्ट र कोषध्याक्षमा राजेन्द्र चन्द चयन भएका छन्।
यस्तै गरी संघको सदस्यहरुमा नरेशबहादुर चन्द, यज्ञराज आचार्य, खडकराज भट्ट, रुद्धप्रसाद शर्मा, भानुभक्त आचार्य, गोपी चौधरी, गणेशदत्त जोशी र श्रवण चौधरी रहेका छन् । साधारणसभाको यसअघि धनगढी उपमहागरपालिका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।


