धनगढी। कैलालीमा अवैध सालको काठसहित एकजना पक्राउ परेका छन्।कैलालीको धनगढी १३ मोहनपुर स्थित सोही ठाउँका ४० वर्षीय रामु चौधरी पक्राउ परेका हुन्।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले अवैध काठसहित चौधरीलाई पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका १३ मोहनपुरका चौधरीले सडक छेउ राखेको सालको काठ ७१ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। बरामद गरिएको काठ र चौधरीलाई आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालय कैलाली पठाइएको प्रहरीले बताएको छ।


