धनगढी। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीद्धारा आर्थिक बर्ष २०७८/७९ को दोस्रो त्रैमासिक तथा अर्धबार्षिक प्रगती बारे जानकारी गराइएको छ।
शुक्रबार कार्यालयमा आयोजना गरिएको दोस्रो त्रैमासिक तथा अर्धबार्षिक प्रगती समिक्षा गोष्ठी कार्यक्रममा सो अवधीमा गरिएको कार्य प्रगतीबारेमा जानकारी गराइएको हो। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले दोस्रो त्रैमासिक तथा अर्धबार्षिक अवधीमा खाद्य तथा दाना उद्योग अनुगमन एव सिफारिस, अनुज्ञापत्र जारी तथा नविकरण, खाद्य बजार तथा होटल रेष्टुरेन्ट अनुगमन गरेको जनाएको छ।
यस्तै खाद्य तथा दाना नमुना संकलन, नमुना बिश्लेषण, दुग्ध तथा प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृदिकालागी सरोकारवालासंग अन्तरकृया, खाद्य तथा दाना ऐन अनरुप कारवाही, तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षण र राजश्व संकलन गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले जानकारी दिएका हुन् । यस्तो छ आर्थिक बर्ष २०७८/७९ को दोस्रो त्रैमासिक तथा अर्धबार्षिक प्रगती बिवरण…
खाद्य तथा दाना उद्योग अनुगमन अन्तरगत- दोस्रो त्रैमासिक अवधीमा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट ३५ वटा खाद्य उद्योग र २ ओटा दाना उद्योग सिफारिस गरिएको छ। भने २३ वटा नया खाद्य उद्योग र १ वटा नयाँ दाना उद्योगको अनुज्ञापत्र जारी गरिएकोमा ६३ वटा खाद्य उद्योगहरुको अनुज्ञापत्र सलावसालसाली नविकरण गरिएको कार्यालयले जनाएको छ। नयाँ उद्योग दर्ता हुनुपुर्ब खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट गुणस्तर लाईसेन्स तथा उद्योगको अनुज्ञापत्र अनिवार्य लिएरमात्र उत्पादन भएका बस्तु बिक्रीबितरण गर्न पाउने र प्रत्येक बर्ष लाइसेन्स नविकरण गर्नुपर्ने ब्यवस्था छ।
सो ब्यवस्था अनुसार यस आर्थिक बर्षको ६ महिनामा ८३ खाद्य उद्योग र ३ दाना उद्योग सिफारिस गरिएको र ४६ खाद्य उद्योग र १ वटा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरिएको छ । यस्तै १ सय ९० खाद्य तथा २ दाना उद्योगको अनुज्ञापत्र नविकरण गरिएको जनाइएको छ । उद्योगको स्थलगत अनुगमन, स्वच्छता मापदण्ड, खाद्य तथा दानाको प्रयोगशाला परिक्षण गरी गुणस्तर प्रमाणित प्राप्त भएमा र उत्पदानको लेवल अनिवार्य उल्ले भएपछि मात्रै अनुज्ञापत्र जारी र नविकरण हुने ब्यवस्था रहेको छ ।
यस्तै खाद्य बजार तथा होटल रेष्टुरेन्ट अनुगमन अन्तरगत- संयुक्त बजार अनुगमन टोलीबाट ३ पटक र खाद्य निरीक्षक मार्फत १५ पटक बजार अनुगमन गरिएको छ । ४५ पटक होटल रेष्टुरेन्ट अनुगमन भएको छ । यस्तै संयुक्त बजार अनुगमन टोली मार्फत ६ पटक र खाद्य निरीक्षक मार्फत ३५ पटक खाद्य बजार अनुगमन भएको छ। भने ८ पटक होटल रेष्टुरेन्ट अनुगमन गरिएको छ। खाद्य बजार तथा होटल रेष्टुरेन्ट अनुगमनका क्रममा पसल तथा होटल रेष्टुरेन्टलाई स्वच्छताका लागी परामर्श , उपभोग्य मिती समाप्त भएका र गुणस्तरहिन बस्तु जफत गरी नस्ट गर्ने र आवश्यक नियमन र अनुगमन गरिएको छ ।
खाद्य तथा दाना नमुना संकलन अन्तरगत – खाद्य ऐन तथा दाना ऐन अनरुप खाद्य निरीक्षक तथा दाना निरीक्षकले उद्योग बजार तथा होटल रेस्टुरेण्ट अनुगमन, शंकास्पद लागेका नमुनालाई ऐन अनरुप कार्वाही प्रक्रिया अघि बढाउने काम हुँदै आएको छ । जसअनुसार यस आर्थिक बर्षको दोश्रो चौमासिकमा ३४ वटा खाद्य तथा २ वटा दाना नमुना संकलन गरेको छ। यस्तै यस आर्थिक बर्षको ६ महिनामा ४७ वटा खाद्य तथा २ वटा दाना नमुना संकलन गरी कार्बाही प्रक्रिया अघि बढाएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ।
खाद्य तथा दाना नमुना बिश्लेषण अन्तरगत- सुदुरपश्चिमका ९ ओटै जिल्लामा खाद्य तथा दाना नमुनाहरुको बिश्लेषण गर्दै आएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले दोस्रो त्रैमासिक अवधीमा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नविकरणकालागी संकलित २ सय ८९, अनुरोध भई आएका १३, ऐन बमोजिम निरीक्षकबाट संकलित १ सय ५८ र बजार अनुगमन गरी १२ जम्मा ४७२ वटा नमुना बिश्लेषण गरिएको छ । यस्तै आर्थिक बर्षको ६ महिनामा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नविकरणका लागी ८ सय ३९, अनुरोध भई आएका २९ , ऐन बमोजिम संकलित भएका १ सय ९५ र बजार अनुगमनबाट संकलित १४ गरी जम्मा १ हजार ७७ वटा नमुना बिश्लेषण गरिएको जनाएको छ ।
दुग्ध तथा प्रशोधित पिउने पानीके गुणस्तर तथा स्वच्छता अभिबृदिका लागी सरोकारबालासँग अन्तरकृया अन्तरगत-दोस्रो त्रैमासिक अवधीमा प्रशोधित पिउने पानी उद्योगी ब्यवसायी र प्रथम चौमासीक अवधीमा दुग्ध प्रशोधन उद्योगीहरुसँग स्वच्छता र गुणस्तर सुधारका लागी अन्तरक्रिया सम्पन्न गरिएको जनाएको छ।
खाद्य तथाा दाना ऐन अनुरुपमा कारवाही अन्तरगत- खाद्य तथाा दाना ऐन अनुरुप कारवाहीमा संकलित गरिएका नमुना मध्ये प्रतिकुल २८ नमुनाहरुको कारवाही प्रक्रिया अघि बढाइउको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बताए । सो क्रममा उद्योगी ब्यवसायीसँग बयान लिने, सरकारी वकीलबाट सल्लाह तथा राय निकासा लिने कार्य अघि बढीरहेको जनाइएको छ । यस्तै सोही अवधीमा २ वटा नमुना उपर जिल्ला प्रसाशन कार्यालयमा मुद्धा दायर गरिएको छ ।
तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षण अन्तरगत- तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षणमा कार्तिक १ गते देखी कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाट प्राप्त भएका नमुनाहरुको बिश्लेषण गरी प्रतिबेदन भन्सार कार्यालयलाई उपलब्ध गराउँदै आएको जनाइएको छ । सो क्रममा गत तिन महिनामा २ हजार १ सय ३३ नमुनाहरुको बिश्लेषण गर सेवा प्रदान गरिएको जनाइएको छ ।
राजस्व संकलन अन्गरतगत-राजस्व संकलन अन्गरतगत प्रयोगशालामा प्राप्त नमुनाहरु बिश्लेषण दस्तुर बाफतको यस आर्थिक बर्षको दोस्रो त्रैमासिकमा ९ लाख ८५ हजार ६ सय ३० रुपैया र छ महिनाको अवधीमा १५ लाख ७८ हजार ७० रुपैया राजश्व संकलन भएको छ।
यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र मातहतका डिभिजन कार्यालयहरुको चालू आ.ब २०७८/७९ को दोस्रो त्रैमासिक तथा अर्धबार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन कार्यालयका डडेल्धुराका प्रमुख गणेशदत्त जोशी, डिभिजन कार्यालय डोटीका खाद्य अनुसन्धान अधिृकत सागर दाहाल लगायत कार्यालय प्रमुखहरु सहभागी रहेका थिए ।उनीहरुले पनी डिभिजन कार्यालयहरुले गरेको कार्य प्रगतीबारे जानकारी गराएका थिए।
उपभोक्ता हित संरक्षण मन्च सुदुरपश्चिम प्रदेशका सचिब भोजराज जोशी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको उपस्थिति थियो। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले कैलालीमा हुन लागेको निर्वाचनपछि कालोबजारी, अखाद्य बस्तुको कारोबार बढ्ने सम्भाबना भएकाले बजार अनुगमन लगायतका गतिबिधी बढाउन सुझाब दिएका छन् । यस्मा हामी पत्रकार महासंघले गर्नुपर्ने साथ सहयोग रहने बताएका छन् ।
यस्तै सो बारेमा जानकारी दिदै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बजार अनुगमनलाई तिब्रता दिने जानकारी दिएका हुन् । कार्यक्रममा पत्रकार तथा कार्यालयमा आबद्ध कर्मचारीहरुको उपस्थीती रहेको थियो। कार्यक्रम सञ्चालन खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कर्मचारी सरोज पौडेलले गरेका थिए।



