कञ्चनपुर। कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरी स्थित खेतबारीबाट सालको अबैद्य काठ बरामद गरिएको हो।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीमा बेवारिसे अबस्थामा अबैध काठ राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो।
भिमदत्त नगरपालिका १२ स्थित खेतबारीमा बेवारिसे ३७.२० क्यु फिट सालको अबैद्य काठ फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाएको जनाइएको छ।

