धनगढी। कैलालीको अत्तरीयामा रहेको जे.के सेकेण्डरी स्कुलले सरस्वती पूजा कार्यक्रम आयोजना गरी मनाएको छ। कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ अत्तरीयामा रहेको जे के सेकेण्डरी स्कुलले कोरोना जोखीमका कारण सामान्य रुपमा सरस्वती पूजा कार्यक्रम गरी मनाएको हो।
बिगतका बर्षहरुमा विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको भएपनी यस वर्ष कोरोनाका कारण सामान्य रुपमा सरस्वतीको पूजाको कार्यक्रम गरिएको बिद्यालयका प्रिन्सीपल दिपक ओझाले जानकारी दिए। यस्तै आज सोही बिद्यालयमा अध्ययनरत १२ बर्ष देखी १७ बर्ष उमेर समुहका बिद्यार्थीलाई कोरोना बिरुद्धको मोर्डना खोप लगाइरहेको छ। खोप लगाउने बिद्यार्थीले उमेर खु्ल्ने जन्मदर्ता प्रमाणपत्रसहित स्वास्थ्यका मापदण्ड अपनाई उपस्थीतीकालागी अनुरोध गरिएको छ। बिद्यालय परिवारले सम्पुर्णमा सरस्वती पुजाको शुभकामना ब्यक्त गरेको बिद्यालयका प्रिन्सीपल ओझाले बताए। साथै सरस्वती पुजाको अवसरमा आजको दिनमा पि.जी र नर्सरी कक्षामा नि:शुल्क भर्ना गराईने जानकारी दिएका छन्। प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कापी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिरहेका छन्। यस अवसरमा कैलालीका बिभिन्न बिद्यालय तथा सरस्वती मन्दिर लगायत देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको सामान्य रुपमा भीड लागेको छ।


कैलालीको अत्तरीयामा रहेको जे.के सेकेण्डरी स्कुलले मनायो सरस्वती पूजा
कैलालीको अत्तरीयामा रहेको जे.के सेकेण्डरी स्कुलले मनायो सरस्वती पूजा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

