कञ्चनपुर। कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
लुहारले बेचबिखनको लागी घरमा लागुऔषध चरेश लुकाई छिपाई गरी राखेको छ भन्ने गोप्य सूचनाको आधारमा मंगलबार साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलिले पक्राउ गरेको हो।
प्रहरी गस्ती टोलिले निजको घरमा रितपुर्बक खानतलासि गर्दा उनले घर भित्र पलङको डसनामुनि कालो पलाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा ३ किलो ६० ग्राम चरेश बरामद पक्राउ गरेको जनाएको छ। कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले लुहारमाथि थप अनुसन्धान भइरहेको बताए।


