धनगढी। कैलालीमा लागूऔषध चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडी बस्ने ४१ वर्षीय गौरी सिंह महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आज दिउँसो २ः १५ बजे अस्थायी प्रहरी पोष्ट चटकपुर बाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । अदालत कैलालीले उनलाई दोषी ठहर गरी १७ दिनको कैद सजाय सुनाएको थियो । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलिले महरालाई पक्राउ गरेको हो ।प्रहरी टोलिले पक्राउ गरी उनीमाथि आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।


