धनगढी। कैलालीमा ठगी मुद्दाका एक जना फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन्। आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले ठगी मुद्दामा फरार रहेका गोदावरी नगरपालिका ११ का ५६ वर्षीय पदमबहादुर बडैलालाई पक्राउ गरेको हो।
पक्राउ पश्चात प्रहरीले निज प्रतिवादी बडैलालाई आजै सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई जिल्ला अदालतले २०७१ जेठ २५ गते १ महिना कैद र ७६ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। उनलाई घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


