धनगढी। नेपाल पत्रकार महासंघका बिभिन्न पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु राजनितीक दलका उम्मेवार र प्रतिनिधीमा आवद्ध बनेकोप्रती नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरीद्धारा जारी प्रेस विज्ञप्तीमा नेपाल पत्रकार महासंघका पदाधिकारी,सदस्य तथा साधारण सदस्यहरु राजनितीक दलका बिभिन्न तहमा उम्मेवार र प्रतिनिधी आवद्ध बनेकोप्रती महासंघको ध्यानाकर्षण भएको जनाएको हो।
प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ, प्रखुम राजनितीक दलका बिभिन्न तहका कमिटीहरुमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधी चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका बिभिन्न क्षेत्रबाट आएका आलोचना तथा टिकाटिप्पणीलाई महासंघले गम्भिर रुपमा लिएको जनाएको छ । यस्तै नेपाल पत्रकार महाँसंघको बिधान २०६० (पाचौँ संसोधन २०७६) ले प्रष्ट रुपमा महाँसंघका केन्द्रीय समिती, प्रदेश समिती, शाखा समितीका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनितीक दल वा भातृ संगठनको कुनैपनी बिभाग वा समितीमा रही काम गर्न पाउने छैन भन्ने कुराको ब्यवस्था गरेको छ।
राजनितीक दल वा भातृ संगठनको कुनैपनी बिभाग वा समितीमा रही काम गरेमा संगठित समितीको सिफारिसमा केन्द्रीय समितीले स्पष्टिकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णय समेत गर्न सक्नेतर्फ ध्यानदिन महासंघले आग्रह गरेको छ । कुनैपनी राजनितीक दलको पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारीता नहुने कुरा पत्रकारीतामा समेटिएको उल्लेख गरिएको छ । साथै यता नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशीले पनी आम पत्रकारहरुले यसतर्फ ध्यानदिन र उच्च नैतिकता देखाउन अनुरोध समेत गरेका छन्।हेर्नुहोस प्रेस विज्ञप्तीमा…



