धनगढी। धनगढी १३ कैलाली गाउँमा रहेको निङ्गलासैनी भगवती मन्दिरमा रतेडी जात पर्व हुने भएको छ। धनगढी उपमहानगरपालिका १३ कैलाली गाउँमा रहेको निङ्गलासैनी भगवती मन्दिर कैलाली गाउँमा मंसिर ७ गते रतेडी र ८ गते जाँत पर्व हुने भएको हो।
प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष दशमी तिथिमा हुदै आएको रतेडी र जाँत यस वर्ष केही दिन सरेर ७ रतेडी र ८ गते जात हुन लागेको जनाइएको छ । ७ गते राती महिला पुरुषको सँयुक्त देउडा खेल र देउता पुज्ने कार्यक्रम रहने निङ्गलासैनी भगवती मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष दीर्घराज ओझाले जानकारी दिएका छन्।
मेलामा विगतका वर्ष झै यो वर्ष पनि धामी झाँक्रिहरुको नाच हुनेछ । साथै सम्पुर्ण भक्तजनहरूलाई देवी प्रसाद ग्रहण गर्ने र डेउडा प्रेमीहरुलाई आफ्नो कलासंस्कृतीको प्रदर्शन गरीने जनाइएको छ । साथै टाढबाट आउनेहरुलाइ खान र बस्नकालागी समेत ब्यवस्था गर्ने मन्दिर ब्यवस्थापन समितीले निर्णय गरेको छ । सम्पुर्णलाई उपस्थितीका लागि अनुरोध समेत मन्दिर ब्यवस्थापन समितीले गरेको छ ।


