अछाम। अछाममा पेट्रोलियम पदार्थमा बढेको मूल्य वृद्धि विरुद्ध चक्काजाम गरिएको छ । खाद्य पदार्थ र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि विरुद्ध अछाममा एक घण्टे सडक चक्काजाम नेपाल कम्युनिस्ट पार्टी अछामले गरेको जनाएको छ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र नेपाल आयल निगमको घाटा पूर्तिको बहाना बनाउँदै निरन्तर डिजेल पेट्रोल मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरिरहेको छ। इन्धनको मूल्य वृद्धि हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बजारमा बढी रहेको छ। मूल्य वृद्धिका कारण नागरिकको जीवन शैली असहज भएको भन्दै नेकपाले चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै सङ्घर्ष गरिरहेको जनाएको छ ।
सोही अनुरूप आइतबार चक्काजाम कार्यक्रम गरिएको हो । सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका सचिवालय सदस्य निरक शाहीले दलाल सरकार जनता र राष्ट्रप्रति उत्तरदायी नभएको हुँदा जनताले दुःख पाएको बताए ।उनले पुँजीपति दलालहरूलाई फाइदा पुग्ने गरी सरकारले एकलौटी निर्णय गरेको भन्दै फिर्ता नभए सम्म आन्दोलन जारी राख्ने पनि बताएका छन्।

