धनगढी। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का ८८ बर्षीय पुरुष रहेको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भईरहेको जनाएको छ । १ जनाको भेण्टिलेटर र ५ जनाको आइसियुमा उपचाररत छन् ।


