कञ्चनपुर। कञ्चनपुरमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। कञ्चनपुरको बेलौरीमा गैँडाको आक्रमणमा परी बेलौरी नगरपालिका–४ का बलराम राना घाइते भएका छन् ।
आज बिहान बेलौरीको मैनाहा लामिताल नजिक रानालाई गैँडाले आक्रमण गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेशकुमार यादवले जानकारी दिएका छन् । घाइते रानाको इसान मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। यो आक्रमण भएको पहिलो घटना भएको निमित्त प्रमुख यादवले बताएका छन्।


