कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटाबाट नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाबाट प्रहरीले नगद रकम सहित आइतबार बिहान ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार स्थानीय नरेन्द्रबहादुर ठगुन्नाको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरूबाट नगद ५० हजार ४ सय ६० बरामद गरिएको छ ।
होहल्ला गरी जुवा खेल्दै गरेका नारदसिंह ठगुन्ना, नरेन्द्र ठगुन्ना, लक्ष्मण खड्का, सोवानसिंह धामी, राजेन्द्र चौधरी, कर्ण बहादुर बम, दिनेश कठायत, डम्बरसिंह जाग्री र अक्कल धानुकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए। पक्राउ परेकाहरूमाथि प्रचलित जुवातास ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाइ रहेको छ। चाडपर्वलाई लक्षित गरी प्रहरीले जिल्लाभर जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको छ । यस अघि पनी सोही ठाउँबाट प्रहरीले नगद रकम सहित ८ जना जुवाडेलाई पक्राउ गरेको थियो ।