काठमाडौंः काठमाडौंबाट दोलखा जादै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को ७ किलो भन्ने ठाउँमा दुर्घटना भएको छ। काठमाडौंबाट रिर्जभ लिएर गएको कान्तिपुर सुपर यातायात प्रालिको बा ४ ख १८०२ नम्बरको बस लामोसाँघु–जिरी सडक खण्डको ७ किलोमा दुर्घटनामा परेको ठूलोपाखर प्रहरी चौकीले बताएको छ।
बसमा सवार कम्तिमा २० जना घाइते भएको र एक जनाको अवस्था चिन्ताजनक देखिएको घटानस्थलमा रहेका प्रहरीले बताए। दुर्घटनास्थलमा घाइतेको उद्धार भइरहेको र थप विवरण केहीबेरमा उपलब्ध गराउने ठूलोपाखर प्रहरी चौकीले बताएको छ। काठमाडौं उपत्यकामा चल्ने बस रिजर्भ टीप लिएर दोलखाको चरिकोटको लागि गएको बुझिएको छ।