धनगढी। कैलालीमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। आज बिहानैदेखि कैलालीमा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका हुन्।
शनिबार बिहान करिब ९ बजेदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको हो। नेटवर्क डाउन भएको हुँदा कतै पनि सम्पर्क हुन सकेको छैन। सेवा अवरुद्धबारे दुर सञ्चारले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। जानकारी लिन खोज्दा नेपाल टेलिकम दुरसञ्चार कार्यालय धनगढीका प्रमुख सरोज मल्ललाई सम्पर्क हुन सकिरहेको छैन् ।


