धनगढी। कञ्चनपुरदेखी धनगढी आइरहेको विङगरबाट खसेर एक जनाको मृत्यु भएको छ। मंगलबार कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढी आइरहेको म१ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
अपरान्ह ३ बजेर ४० मिनेटमा शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए। घाइते बुडालको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


