धनगढी। सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा मंगलबार १३ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६९ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। यस्तै ५६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनका अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।


