काठमाडौं। सोमबार बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु लिएर विराटनगर उडेको थियो। जहाज विराटनगरको आकाशमा पुग्यो । दुई फन्को लगायो । तर बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्कियो । विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार विराटनगरबाट फर्केर उक्त जहाजले काठमाडौंको आकाशमै झन्डै १० फन्को लगायो ।
सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरियो । काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरियो । विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए ।
अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको गराएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरियो । जहाज करिव २ घण्टा ५ मिनेट फन्को मारेका थिए । विमानमा चढेका यात्रुहरुको २ घन्टा ५ मिनेट समय असाध्यै तनावपूर्ण रह्यो ।किन हुन्छ, पटक पटक समस्या ? सोमबार अवतरण गरेपछि बुद्धको जहाज हो यो।
बुद्ध एयरको समस्या यो पहिलो भने होइन । गत साउन ११ गते पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो । विमानस्थलका अनुसार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको बीएचए २५५ नम्बर उडानको एटीआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६स् ३० बजे काठमाडौं अवतरण भएको थियो । ११ साउनमै काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज पनि आकमिस्क अवतरण गराइएको थियो । यसैगरी सोमबार पोखराका लागि उडेको जहाज गोरखाको मनकामनामाथि पुग्दा प्राविधिक समस्या देखिएको इन्डिकेटरमा देखिएपछि काठमाडौं फर्किएको थियो।२ घण्टा ५ मिनेट फन्को मारेपछि सोमबार अवतरण गरेपछि बुद्धको जहाज हो यो ।
सोमबार भने सुरक्षित साथ जहाज अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्धले विज्ञप्ति मार्फत भनेको छ, ‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ ।’
पछिल्लो समय यता बुद्ध एयरको जहाजले पटक पटक आकमिस्क अवतरण र फोर्स ल्यान्डिङ गरेको छ । उसले यस प्रकारको घटनाको छानबिनका लागि समिति पनि बनाएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन पनि गरेको छ । तर छानविन भने सधैं गुपचुपमा राख्ने गरिएको छ ।
आज सोमबार अवतरण हुन नसकेको विषयमा बुद्ध एयरले स्पष्टिकरण दिएको छ । हेर्नुस् बुद्ध एयरले जारी गरेको विज्ञप्तिः
हाम्रो आज २७ सेप्टेम्बर काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन 9N-ANI, उडान संख्या U4 701,मा व्यस्क ६८, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको थियो । जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ । जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्यो । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो । यस क्रममा यात्रुहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमायाचना व्यक्त गर्दछौं। सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेका नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोलीका साथ सबैमा धेरै धन्यवाद । हामी पुनः सुरक्षित हवाई यात्राको प्रतिवद्धता व्यक्त गर्दछौं ।