धनगढी। कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडामा जिप र मोटरसाईकल ठोक्किदा एक जना घाईते भएका छन् ।
गोदावरी ३ को चौकिडाँडा स्थित मालिकाटोल नजिकै महेन्द्रनगरवाट अत्तरिया तर्फ आउदै गरेको से १ प १०८५ को जिप र से ३ प १०८५ नम्बरको मोटरसाईकल एक आसपमा ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा मोटरसाईकल चालक गोदावरी नगरपालिका १ का १८ बर्षिय हसिप कोराईसी रहेका छन् । घाइतेको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भैरहेको प्रादेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनको अबस्था अवस्था सामान्य रहेको बुझिएको छ । जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।


