कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय क्षेत्र शुक्रबार विहानै देखि तनाबग्रस्त बनेको छ । नेपाल शिक्षकको शान्तिपुर्ण आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप र दमन गरेको शिक्षकहरुको आरोप छ । शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन ।
नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग जारी गरेको आन्दोलमा प्रहरीले अनावश्यक दमन गरेपछि शुक्रबार विहानै देखि नगरपालिका क्षेत्र तनाबग्रस्त बनेको जनाइएको छ ।
गत असार ३१ गते बसेको शिक्षा शाखा समितिको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि उनिहरु आन्दोलित बनेका हुन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु करिब एक महिना देखि आन्दोलनरत रहेका छन् ।

